Header Ads

काठमाडौं, माघ ९ । व्यवस्थापिका संसदको वातावरण संरक्षण समितिले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण सम्बन्धी पाँचौ संशोधन विधेयक पारित गरेको छ ।
आइतबार बसेको समिति बैठकले सरोकारवालाहरुसँगको दफावार छलफलपछि विधेयक पारित गरेको हो । पारित विधेयक छलफलका लागि संसदमा पठाइने छ ।

यस्तै चन्द्रागिरी हिल्स निर्माणक्रममा भएको भनिएको वन विनास र वातावरणीय प्रभावबारे स्थलगत अध्ययनका लागि माघ १२ गते समितिले पाँच सदस्यीय टोली स्थलगत अनुगमनमा पठाउने निर्णय गरेको छ ।

Post a Comment

Previous Post Next Post