Header Ads

तेरिया नानी
डान्स गर्ने यसरी
कम्मर मर्काउने यसरी
भनेर १२५ करोड भारतीहरुलाई सिकाएर आयौ, हैन ?

सिता दिदिले बुहारीले यस्तो गर्ने
श्रीमतीले यस्तो गर्ने भनेर
उहिले अयोध्यामा सिकाएजस्तै ?भ्रिकुटी सोल्टिनिले चीनमा देखए जस्तै
अरनिको दाजुले कला त यो पो हो भनेर चिनमा दर्शाए जस्तै

बुद्ध पिताले शान्ति यस्तो हुन्छ, धर्म यस्तो हुन्छ भनेर
मानव अधिकार यस्तो हुन्छ भनेर भने जस्तै
बेद व्यासले सारा हिन्दू सस्कृतिका ज्ञानका ठेली दिए जस्तै
नेपालीहरु १२५ करोड भारतीका मात्रा होइन सारा संसारकै गुरु हुन भनिनौ ?

नेपाली बहादुर सेनाले
भारतीहरुलाई लडाईं त यसरी पो लड्नुपर्छ
सीमा त यसरी पो रक्षा हुन्छ भने जस्तै
सत्रुको गर्धन चिलायो भने खुकुरीमा धार यसरी लगाउनु पर्छ भनेर सिकाए जस्तै

तेरिया नानी
हिमाल चढ्न मन लागे नेपाल आउनु भनिनौ?
सेर्पा दाइले हिमाल चढ्न सिकाउने छन् भनिनौ?
एड्मण्ड हिलारिलाई जस्तै पहिलो दर्जा दिलाइदिने छन् भनिनौ ?

तेरिया नानी तिमीलाई तिनीहरुले सोधे कि?
तिम्रा नेताहरु त हाम्रै चेला हुन भनेर मुखभरिको जबाफ दिएकी ?
चाप्लुसी गर्ने यसरी भनेर पनि सिकाउँछन् भन्दा तिमीलाई रातो मुख लाउन त परेन?
तिमी राम्री (क्षमतावान)छौ,राम्राहरु बाहिरै जान्छन् तिमी पनि यही बस त भनेनन् ?

ती चाप्लुसिहरुलाई यतै राख्नु भनिनौ, तेरिया नानी?
नेपाल बेच्न खोज्ने हरुलाई सित्तैमा राख्नु भनिनौ, तेरिया नानी ?
नेपाली जनतामा विश्वास नभएकाहरूलाई, आफ्नै सीमा सुरक्षा गर्न नसक्ने हरुलाई
हिमाल पहाड तराइ जोड्न नसक्ने हरुलाई, आफ्नै पानी र जडिबुटी नदेख्ने हरुलाई
ती तिम्रा चेलाहरुलाई सित्तैमा राख्नु
कोही नेपालीले पनि नदेख्ने ठाउमा लुकाएर राख्नु भनिनौ, तेरिया नानी ?

डा. मुक्ति अर्याल

Post a Comment

Previous Post Next Post