Header Ads

काठमाडौं, ११ माघ । भारतीय टेलिभिजनको रियालिटी शो बिग बोसको सिजन १० को फाइनलमा बलिउड अभिनेता सलमान खान सहभागी नहुने भन्दै भारतीय मिडियाहरुले समाचार प्रकाशित गरिरहेका छन् ।
सलमानले फाइनलमा नआउनुको कारण यसै सिजनका सहभागी स्वामी ओम फाइनलमा आउने भएकाले हो । सलमानले बिग बोसमा भनेका थिए– यदि प्रियंका जग्गा र ओम स्वामी बिग बोसको घर आए आफू सहभागी हुँदिन् ।

बिग बोसले सलमानको कुरालाई नजरअन्दाज गरेर स्वामी ओमलाई फाइनलमा निमन्त्रणा दिएको छ । बिग बोसको फैसलामा खुसी नभएका सलमानले फाइनलमा नआउने घोषणा गरेका छन् ।

Post a Comment

Previous Post Next Post