करिना कपुर मंगलबार दिउँसो एक सैलुन बाहिर देखिइन् । यो क्रममा उनी नयाँ लुकमा देखिएकी थिइन् । कालो पाइन्ट र कालै टिसर्ट लगाएकी उनले ओलिभ ग्रीन ज्याकेट लगाएकी थिइन् । यसका साथै, उनको नयाँ हेयरस्टाइलका कारण उनको पूरा गेटअप निकै भिन्न देखिएको थियो । उनको यो स्वरुप देखेर उनले छोरा तैमुरलाई जन्म दिएको एक महिनामा नै निकै तौल घटाएको प्रस्ट देखिन्छ ।
– करिना गत २० डिसेम्बरमा छोरालाई जन्म दिइन् जसको नाम तैमुर अली खान पटौदी राखिएको छ ।
भएको थियो ।
उक्त विवादमाथि सैफले पहिलो पटक सफाई दिएका छन् । उनले भने, ‘म इतिहास र टर्कीका शासकबारे निकै जानकार छु । मेरो छोराको नाम उनीसँग प्रभावित भएर राखिएको होइन ।’
उनी तिमुर थिए तर मेरो छोराको नाम तैमुर हो । सायद यसको जरा एउटै हुनसक्ला तर नामको अर्थ भिन्न छ । तैमुर प्राचिन फारसी शब्द हो जसको अर्थ फलाम हुन्छ,’ उनले भने ।
उनले भने, ‘मलाई र करिनालाई यो शब्दको अर्थ निकै मन पर्यो । मैले करिनालाई जति पनि नाम दिएँ उनलाई ती सबै नामभन्दा यो नै धेरै मनपर्यो किनभने यो नाम राम्रो मात्र नभई दमदार पनि छ ।’
महिनादेखि करिनाले सुटिङ थाल्नेः
– बच्चा जन्माउनुभन्दा पहिले करिना अनिल कपुरकी छोरी रिया कपूरले निर्माणमा बनिरहेको फिल्म ‘विरे दी वेडिङ’ को सुटिङ गरिरहेकी थिइन् ।
– यद्यपी, अहिले यो फिल्म पूरा हुन पाएको छैन ।
– ताजा रिपोर्टका अनुसार करिनाले यसैवर्षको मे महिनादेखि फिल्मको पुनः छायांकन गर्नेछिन् ।
– यो फिल्ममा उनीसँग सोनम कपुर पनि देखिनेछिन् ।
छोरा जन्माएको एक महिनामै करिनाले घटाइन् तौल ! छोराको नाममा पहिलो पटक बोले सैफ
aaasss
0
Comments
Tags
Entertainment
Post a Comment