Header Ads

प्यूठान । लोक दोहोरी क्षेत्रमा आफुलाई छुट्टै पहिचानबाट चिनाउन सफल कलाकार हुन् प्रकाश सपुत र गायिका प्रिती आले।यो बेला दुबैले आइटम गीत बजारमा लिएर आएका छन।”दोहोरी बोत्तल”नाम दिएको उक्त गीतले आक्रामक भियोर्स ल्याएको छ।युटुबमा यो बेला भियोर्स गएन भनेर धेरै गुनासो आउने क्रममा यो गीतको भने भियोर्स गएको छ।तर आलोचना भने प्रसस्त रुपमा देख्न सकिन्छ।दोहोरीमा र्याप र पप जोडिएको भन्दै दर्शकले आक्रोश पोखेका छन तर प्रकाशले यस अगाडिनै गीत भाका नेपालबाट अपलोड संगै लेखेका थिए “हामी सर्वप्रथम यो जानकारी गराउछौँ कि यो लोक दोहोरी गीत होईन ।
दोहोरीको शैलीबाट प्रभावित भएपनि यसमा लोकदोहोरीको जस्तो थेगो (रहनी) र
बाजाहरु प्रयोग गरिएका छैनन् । त्यसैले यसलाई दोहोरी व्याटल नाम दिईएको हो । भिडियो हेरिसकेपछि यसलाई नेपाली मौलिकता बोकेको लोकदोहोरी गीतसँग तुलना नगरिदिनुहोला ।”
भने गीतमा प्रयोग भएका शव्द प्रति भने केहिले आलोचना समेत गरेका छन ।

पप दोहोरी जस्तो सुनिने उनको सो गीतमा पछिल्लो समयका युवा युवतीहरुको भावना समेटीएको छ । प्रिति आले र प्रकाश सपुतको आवाज रहेको सो गीतमा अभिनय समेत कलाकारहरुलेनै गरेका छन । गीतले सार्वजनि भएको चौविस घण्टा नवित्दै ट्रेडिङमा आउन सफल भएको छ ।

भाका नेपालको युउटुव च्यानलबाट सार्वजनिक गरिएको सो गीतलाई करन चौसिरले गरेका छन ।
गीतको पुरै म्युजिक भिडियो सहित

Post a Comment

Previous Post Next Post