Header Ads


प्यूठान फागुन ०९ । नेपाल कम्युनिष्ट पार्टी प्यूठानले नेता कार्यकर्ता पक्राउको विरुद्घमा कोणसभा कार्यक्रम बुधवार सम्पन्न गरेको छ।
विराटनगरमा भएको राष्ट्रिय यूवा जनस्वयंसेवकको राष्ट्रिय सम्मेलनमा सरकारले गरेको हस्तक्षेप र धरपकडको विरुद्घमा प्यूठानमा कोणसभा गरिएको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला ईन्चार्ज चिन्तामणि घिमिरेले वताउनु भयो। सरकारले विराटनगरको शान्तिपुर्ण कार्यक्रममा नेकपाका नेता सुदर्शन, विवस सहित २ सय ५० कार्यकर्तालाई पक्राउ गरेको थियो ।
कोणसभामा वोल्दै मगरात जनपरिषद् सदस्य वाम वहादुर वुढा पवनले शान्तिपुर्ण कार्यक्रममा हस्तक्षेप गरी कानुनको खिल्लि उडाएर जवरजस्त युद्ध निम्ताउन खाेजेकाे बताउनुभयाे । सरकारले गिरफ्तार परेका नेताहरुलाई तत्काल रिहा नगरे जस्तोसुकै कदम चाल्न वाध्य हुने चेतावनि समेत उहाँ दिनुभयो।
काेण सभा कार्यक्रमको सञ्चालन नेकपा का जिल्ला सदस्य यांक पुनले गर्नुभएको थियो।

Post a Comment

Previous Post Next Post