Header Ads


प्यूठान फागुन १० । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) जिल्ला संगठन समिति प्यूठानको २१औं जिल्ला सम्मेलनको तयारी पुरा भएको छ ।
सबैखाले शैक्षिक विकृति विसंगती विरुद्ध खदिल क्रान्तिकारीकाे अभियान, बैज्ञानिक निःशुल्क रोजगारमूलक शिक्षा प्राप्तिका लागि २१औ जिल्ला सम्मेलन भन्ने मूल नाराका साथ भव्य रुपमा सम्पन्न हुन गइरहेको सम्मेलनमा जिल्लाका विभिन्न विद्यालय, क्याम्पसवाट प्रतिनिधि प्रवेक्षक आउने अखिल क्रान्तिकारीका अध्यक्ष यांक पुनले बताउनभयो ।
सम्मेलनको उद्घाटनका लागि केन्द्रीय अध्यक्ष पूर्ण बहादुर सिङ आउने कार्यक्रम रहेको छ । सम्मेलनको पूर्व सन्ध्यामा बाग्दुला चोकवाट एउटा र्याली र अर्काै नयाँ बजार जुम्रीबाट निकालिने अध्यक्ष पुनले जानकारी दिनुभयो ।
झिम्ररुक साँकृतिक समूहको वेजोड प्रस्तुती रहने समेत जानकारी दिनुभयो साथै अध्यक्ष पुनले सम्मेलनलाई सफल पार्नको लागि सबै क्रान्तिकारी विद्यार्थी तथा का्रन्तिकारी जनसमुदायमा उपस्थितका लागि आमन्त्रण सहित अपिल पनि गर्नुभएको छ ।

Post a Comment

Previous Post Next Post