नेपाल कम्युनिस्ट पार्टीले जनयुद्धकालमा अन्तरजातीय विवाह गरेका १२ जाेडीलार्इ सम्मान गरेकाे छ ।
नेपाल दलित मुक्ति मोर्चा नेपाल दाङको जिल्ला सम्मेलनमा अन्तरजातीय विवाह गरेका जाेडीहरूलार्इ नेकपका स्थायी समिति सदस्य सन्ताेष बुढामगरले सम्मान गरेका हुन् ।
बिहिबार भालुवाङमा नेपाल दलित मुक्ति मोर्चा नेपाल दाङको जिल्ला सम्मेलन सम्पन्न भएकाे छ। मोर्चाका जिल्ला अध्यक्ष सुरज परियारको अध्यक्षता एवम् नेकपाका केन्द्रिय स्थायी कमिटी सदस्य सन्तोष बुढामगरको प्रमुख आतिथ्यतमा भएको हाे ।
सम्मेलनलाई दलित मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष डम्बर बहादुर विक, उपाध्यक्ष सिता विक,नेकपा दाङका सेक्रेटरी विक्रम कटुवाल, राष्टिय युवा जनस्वमसेवक विरेन्द्र विक, नेपाल उत्पीडित जातीय मुक्तिमोर्चाका अध्यक्ष टंक सुनार, नेपाल दलित मुक्ती मोर्चाका जिल्ला अध्यक्ष जगत दर्लामी माले निकट दलित संगठनका लिला विक लगायतका वक्ताहरुले सम्बोधन गरेका थिए ।
कार्यक्रममा जलजला जनसाँस्कतिकका कलाकारहरुले विभिन्न प्रस्तुती समेत देखाएका थिए ।
Post a Comment