Header Ads


गोविन्द विश्‍वकर्मा स्वर्गद्वारी माघ २७ । स्वर्गद्वारी सामुदायिक बहुमुखी विकास केन्द्रको आयोजनामा विविध खेलकुदको कार्यक्रमको आज एक कार्यक्रमका बिच उद्घाट्न गरिएको छ ।
स्वर्गद्वारी नगरपालिका मेयर नेत्र बहादुर रोकाले पहिलो बल सर्भिस गरी उद्घाटन गर्नुभएको थियो । खेलकुद कार्यक्रम अन्र्तगत खुला भलिवल प्रतियोगिता, कयारेम वोर्ड, चेस, स्लो बाइक रेस, लगायतको प्रतियोगिताको आयोजना गरिएको छ ।
कार्यक्रम ३ दिन सम्म चल्ने आयोजनकले जानकारी दिएको छ । यस क्षेत्रको खेल क्षेत्रको विकास गर्नको लागि खेलकुद प्रतियोगिताको आयोजना गरिएको विकास केन्द्रका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिनुभयो ।
साथै कार्यक्रममा स्लो बाइक रेसमा विजेता दीपक पोख्रेल हुनुभएको छ । खेलकुद कार्यक्रममा विजेता भएका खेलाडी तथा समूहलाई पुरस्कार सँगै प्रमाण पत्र, कप मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।
खेलकुद प्रतियोगितामा प्रथम हुनेलाई रु ३५ हजार रुपैया, दोस्रो पुरस्कार २० हजार, तेस्रो पुरस्कार रु १० हजार, क्यारीम बोर्डमा विजेता हुनेलाई रु ३ हजार रुपैया, चेसमा विजेता हुनेलाई रु १ हजार, स्लो बाइक रेसमा विजेता हासिल गर्नलाई रु १ हजार रुपैया पाउने भएका छन ।
खेलकुद कार्यक्रममा स्वर्गद्वारी नगरपालिका भित्रका मात्र खेलाडी नभएर छिमेकी जिल्ला रोल्पा लगायतको क्षेत्रवाट खेलाडीहरुको सहनभागिता रहेको छ ।
कार्यक्रममा बोल्दै नगर मेयर नेत्र बहादुर रोकायले खेल र खेलाडी राष्ट्रको गहना भएकाले खेल क्षेत्र र खेलाडीको संरक्षण सर्वद्धन तथा विकासमा सबैले जोड दिनुपर्नै बताउनुभयो । साथै यस खेलले यस क्षेत्रको खेलको विकास साथै यहाँ रहेको खेलाडीहरुको विकासमा सहयोग प्रदान गर्ने बताउनुभयो ।

Post a Comment

Previous Post Next Post