गोविन्द विश्वकर्मा माघ २५ स्वर्गद्वारी । “तपाइको स्वास्थ्य हाम्रो अठोट” भन्ने नारा सहितको स्थानीय तहका सरोवकारवालाहरुको लागि स्वास्थ्य बीमा सम्बन्धी अभिमुखिकरण कार्यक्रम शुक्रवार प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका भिंग्रीमा सम्पन्न भएको छ ।
नेपाल सरकार स्वास्थ्य विमा वोर्ड टेकु काठमाण्डौको आयोजनामा भएको अभिमुखीकरण कार्यक्रममा स्वर्गद्वारी नगरपालिका भित्रका सरोवकारवाला निकायहरु को सहभागिता रहेको थियो ।
साथै अभिमुखीकरण कार्यक्रममा नगर मेयर नेत्र बहादुर रोकायको संयोजक्त्वमा ७ सदस्सीय नगर स्तरीय बीमा समिति गठन गरेको छ । जसमा प्रमुख प्रशासकिय तुल्सीराम गैरै, बल बहादुर रोकाय शिक्षा संयोजक, चुडामणी पोख्रेल स्वास्थ्य संयोजक, डा. राजेन्द्र पोख्रेल सेवा प्रदायक संस्था, विर बहादुर रोकाय नागरिक समाज प्रतिनिधि गोमा रेग्मी उपप्रमुख स्वर्गद्वारी नगरपालिका आमन्त्रित सदस्य रहेको स्वास्थ्य बीमा समिति गठन गरिएको छ ।
कार्यक्रममा स्वास्थ्य बीमाको महत्व, आवश्कता र लाभको तथा सम्रग बीमाकै बिषयमा नेपाल सरकार स्वास्थ्य बीमा वोर्ड टेकु काठमाण्डौका जन स्वास्थ्य निरिक्षक हिमलाल ज्ञवाली र जन स्वास्थ्य अधिकृत कृष्ण प्रजापतीले सहजिकरण गर्नुभएको थियो । कार्यक्रमका बारेमा प्रष्ट पार्दे ज्ञवालीले अहिले नेपालको २२ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भैसकेको र अवको यो वर्ष भरी भित्रमा ३९ जिल्ला भरीमा यो सेवाको विस्तार गरिने लक्ष्य रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख नेत्र बहादुर रोकायले कार्यक्रममा बोल्दै यो स्वास्थ्य बीमा यस क्षेत्रको लागि नौलौ कुरा भएको तर अत्यन्तै राम्रो पक्ष रहेको बताउनुभयो ।
रोकायले यो कार्यक्रममा जनताको माझ आएको र यसको लागि जनताहरुले यो स्वास्थ्य बीमा सरकारको स्वामित्वमा उपस्थित रहेको नरहेको जानकारी लिनुपर्ने बताउनुभयो । यो स्वास्थ्य बीमा कार्यक्रम आर्थिक अवस्था कमजोर भएका जनताहरुको लागि परोपकारी भएको समेत बताउनुभयो । साथै सबैलाई यस स्वास्थ्य बीमा गरेर उपचारमा सौलिहयत प्राप्त गर्ने अवसर प्राप्त गर्न सुझाउनु भयो । साथै स्वास्थ्य बीमाले पनि भने बमोजिमको सर्तहरु पुरा गर्नु पर्नेमा जोड दिनुभएको थियो अभिमूखीकरण कार्यक्रममा नगरपालिका भित्रका ५० बढि सरोवकारवालाहरुको सभागिता रहेको थियो ।
Post a Comment