
नयाँ नयाँ गीतहरु सार्वजनिक हुनेक्रममा संगम डिजिटलको प्रस्तुती मेरो लाख भर्खर मात्र सार्वजनिक भएको छ ।
बुुहु प्रतिभाका धनि सागर विरहीको दमदार अभिनय रहेको सो गीतमा समिर कान्छा र सिता श्रेष्ठको आवाज रहेको छ । गीतमा लय तथा शव्द सिर्जना समिर कान्छाको रहेको छ ।
माया प्रेममा विछोड हुने मायालु जोडिहरुको कथालाई गीतले विषयबस्तु बनाएको छ । सागर विरही र देवा घर्ति मगरको अभिनय रहेको सो गीतको म्युजिक भिडियो निर्देशन विक्रम चौहानले गरेका छन ।
निमार्ण युनिटले तातोपाटी सँग कुरा गर्दै गीत सार्वजकि भएको छोटो समयमै सबैबाट राम्रो भन्ने प्रतिक्रिया आएको बताउनु भयो ।
त्यस्तै गायीका सिता श्रेष्ठले हामी सँग कुरा गर्दै गीतमा आफुले सक्दो मेहनत गरेको बताउदै सबैले मन पराइदिनेमा आफु आशावादी रहेको बताउनु भयो ।
भर्खर मात्र सार्वजनिक भएको गीत मेरो लाख निमार्ण युनिटलाई सफलताको शुभकामना ।
गीतको पुरै म्युजिक भिडियो हेर्नुहोस
Post a Comment