Header Ads



केटा: मैले जिते लैजान्छु साथैमा

हारे राख्छु कान काटी पातैमा


केटी: भन माया के बाजी राख्नी

छैन हजुर नाचेर म थाक्नी

नाचौं माया रमाइलो मेलैमा
बल्ल तल्ल भेटभाको बेलैमा………….


मनोरन्जन मानव जीवनको एउटा महत्वपूर्ण पाटो हो ।

मान्छेहरु जतिसुकै व्यस्त भएपनि स्वस्थ्य रहनकोलागि मनोरञ्जनकोलागिपनि समय छुट्याउने गर्छन ।

मनोरञ्जनलिने विविध तरिकाहरु भएपनि गीतसंगीतपनि एउटा तरिका हो ।
मेला, पर्वहरुमा जम्मा भएर रमाइलो गर्ने तरिका नेपालमा परापूर्वकालदेखी चल्दै आएको छ ।

यसरी सवै जम्मा भएर रमाइलो गर्ने, आपसमा माया ममता बढाउने र सम्बन्ध विस्तार गर्ने तथा सम्बन्ध सुमधुर राख्ने साँस्कृतिक पर्वहरु लोप हुदै जाने खतरा छ । यसलाई संरक्षण र विकासगर्ने हामी सवैको कर्तव्य हो ।
मेला पर्वहरुमा गाइने गीतहरुमा माया र पिरतीका प्रसंगहरु आउने गर्छन् ।

दोहोरी गीतहरुमा त बाजी राखेर गीत गाउने चलन छ ।

गाउँदा बाजी हार्ने पक्षले पूर्वसर्तहरु मान्नु पर्छ ।

मनोरञ्जनका बेला घोषणा भएका सर्तहरु लागु हुने नहुने दोश्रो कुरा हो तर मान्छेले मनोरञ्जन लिने यो पनि एउटा तरिका हो ।

प्रसिद्ध लोकदोहोरी गीतका शब्द लेखक किरणबाबु पुनले लेखेका यिनै बाजी थापेर गाइने गीतका शब्दहरुलाइ चर्चित गायक शक्ती चन्द र सुमधर स्वरकी धनी गाायीका आशिका गुरुङले मिठो स्वरमा गाएका छन् ।

रमाइलो मेलैमा नामको उक्त गीति एल्बम हमाल म्यूजिक प्रालिले बजारमा ल्याएको छ ।
भिडियाे :

Post a Comment

Previous Post Next Post