
काठमाडौं ।
पत्रकार प्रकाश डुम्रे २६ दिनपछि रिहा भएका छन् ।
रुपन्देही एमाले र माअाेवादी केन्द्रले जिल्ला पार्टी कार्यालय बुटवलमा अायाेजना गरेकाे समंयुक्त पत्रकार सम्मलेनकाे रिपाेर्टिङका लागि पुगेका पत्रकार डुम्रेलार्इ गत मंसिर ५ गते प्रहरीले बिना कारण गिरफ्तार गरेर हिरासतमा राखेको थियो ।
क्रान्तिकारी पत्रकार सङ्गठन नेपाल, नेपाल पत्रकार महासंघ र मानवअधिकारकर्मीको पहलपछि पत्रकार डुम्रे आइतबार साँझ रिहा भएका हुन् ।
गर्जन पाेष्ट साप्ताहिकका प्रधान सम्पादक डुम्रे नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका कार्यसमिति सदस्य समेत हुन् ।
डुम्रे क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य तथा लुम्बिनी ब्युरो संयोजक समेत हुन् । उनि २६ दिनपछि अाइतबार साँझ रिहा भएकाे नवलपरासीबाट पत्रकार शिव डुम्रेले इमान्दार मिडियालार्इ जानकारी दिएकाे छन् ।
Post a Comment