Header Ads

पेचिलो बन्दै प्रदेश राजधानीको मुद्धा
बुटवल, २७ मंसिर । स्थानिय तहको निर्वाचनका क्रममा ठुला दलहरु नेपाली काँग्रेस, नेकपा एमालले प्रदेशको राजधानी बुटवल हुने ठोकुवा गर्दै जनता सामु मत मागे । प्रदेश विभाजनको आन्दोलनमा बुटवलको जनविरोधले पनि प्रदेशको राजधानी बुटवलमै हुन सक्ने आकलन आम मतदाताले गरे र दलको आश्वासन स्थानिय तहमा पत्याए । त्यति मात्र नभई मंसिर १० र २१ गते भएको प्रदेश सभा तथा प्रतिनिधी सभा निर्वाचनमा पनि प्रदेशको राजधानी बुटवलमै बनाउने एजेण्डा बोकेर दलहरुले भोट मागे ।


एमाले उपमहासचिव विष्णु पौडेलले मंसिर ६ गते बामगठबन्धनको बृहत्त सभालाई एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका नेता राम बहादुर थापालाई साक्षि राख्दै “प्रदेश नंं ५ को निरविकल्प राजधानी बुटवलमै हो, मैले मेरा अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका नेता राम बहादुर थापा लाई साक्षि राख्दै भन्न चाहन्छु” भन्दै सभामै यो कुरा राखे । जव बुटवलमै राजधानी हुने गरी एमाले नेता बोल्दै गर्दा सोही दिन दाङमा भएको सभामा यसैगरी एमालेका अर्का नेता शंकर पोख्रेलले पनि प्रदेशको राजधानी दाङ नै हुने ठोकुवा गरे ।



तर खासमा प्रदेशको राजधानी कहाँ ? सरकारले अस्थायी राजधानी पनि बुटवल वा दाङ यी दुई विकल्प अघि मात्र सारेको छ । उच्च अदालत दाङ, प्रहरी प्रमुखको कार्यालय दाङ भइरहदा बुटवलमा प्रदेशको राजधानी कसरी बन्ला भनेर पनि आम जनमानसमा यो प्रश्न उठन थालेको छ ।
प्रदेश नं. ५ को प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनको मतगणाना सम्पन्न भए संगै प्रदेशको राजधानी कहाँ राख्ने चासोको विषय बनेको छ । निर्वाचन अघि राजनीतिक दलहरूले आफ्नो धोषणा पत्र र उम्मेदारहरूले भाषणमा प्रदेशको राजधानीलाई आघार बनाएर मत मागेका थिए । देशका अन्य प्रदेश जस्तै पाँच नम्बर प्रदेशको राजधानीका लागि दाङ या रूपन्देहीको बुटवल बनाउने विषय निकै पचेलो बन्दै गएको छ ।

दाङ र बुटवल दुवैलाई प्रदेश राजधानी बनाउन राजनीतिक रूपमा लबिङ आआफ्ना ठाउँबाट भइराखेको छ । स्थानीय तहको निर्वाचनमा रूपन्देही रहेका ठूला दलहरूले घोषणा पत्रमा बुटवल राजधानी बनाउने उल्लेख थिए । अहिले पनि अझै ठूला दलहरूले यो विषय पेचिलो रूपमा उठाएका थिए । बुटवलबाट एमाले नेता विष्णु पौडेलले बुटवललाई प्रदेशको राजधानी गराउने बताइरहदा दाङबाट मुख्य मन्त्रीको दावेदर मानिएका शंकर पोख्रेल प्रदेश सभामा विजयी भएपछि यो मुद्धा अझ बढि सतहमा आएको छ ।

तर पनि दाङ भन्दा उपयुक्त बुटवलनै रहेको तर्क विज्ञहरुको छ । आर्थिक, सामाजिक, शैक्षिक, औद्योगिक, पर्यटकिय एवं साँस्कृतिक विकासका हिसावले पनि बुटवल प्रदेशको राजधानी निरविकल्प रहेको बुटवल बहुमुखी क्याम्पसका प्रध्यायापक बैकुण्ठ पाण्डे बताउँछन ।
“हामीले यस क्षेत्रमा भएका भौतिक पुर्वधारको विकास, सुरक्षाको सवाल र आर्थिक दृष्टिकोणका कारण पनि बुटवल उपयुक्त हुन्छ” पाण्डेले भने । बुटवलबाटै पुर्व पश्चिम रेलको अवधारणा अगाडि बढेको बताउँदै पाण्डे विश्वले चिन्ने गौतमबुद्ध यहि भएकाले पनि प्रदेशको नाम लुम्बिनी र राजधानी रुपन्देहीकै बुटवलमा हुनुपर्ने बताए ।

प्रदेशस्तरीय मोतिपुर औद्यौगिक क्षेत्र, विश्वविद्यालय, अन्तर्राष्ट्रिय विमान स्थल, सुरक्षा एवं पुर्वधारको विकासका कारण बुटवल उपयुक्त रहेको तर्क उनको छ ।

बुद्ध जन्मस्थल लुम्बिनी, भैरहवा विमानस्थलको स्तरोन्नति, ६ लेन सडक, अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी स्थललगायत पूर्वाधारका कारण प्रदेशको राजधानी तुल्सीपुरभन्दा बुटवल उपयुक्त मानिदै आएको छ ।

बस्ती बसोबास, मानिसको आवातजावत पनि बुटवलमा मिल्ने र पाल्पा गुल्मी अर्घाखाँची, नवलपरासीका बासिन्दाहरू दाङ जान निकै अपायक ठान्ने हुँदा यस क्षेत्रका बृद्धिजिविहरु पनि राजधानी बुटवल बनाउनुपर्ने बताउँछन । अधिबक्ता भिमलाल न्यौपाने सवै किसिमले बुटवल उपयुक्त रहेको भन्दै प्रदेशको राजधानी बुटवलको विकल्प अनेत्र नभएको बताए ।

प्रदेशको राजधानी बन्दा सिमानाको पनि अर्थ हुन भएकाले दाङबाट नजिक पर्ने काईलाबास नाका भन्दा रुपन्देही संग सिमाना जोडिएको बेलहिया नाका नजिक रहेकाले पनि बुटवल उपयुक्त रहेको पनि उनको भनाई छ । व्यापारिक हिसावले पनि बुटवल सवैभन्दा पुरानो व्यापारिक केन्द्र रहेकाले यस क्षेत्रमा प्रदेशको राजधानी हुनुपर्ने व्यवसायीहरुले पनि बताउँदै आएका छन ।

Post a Comment

Previous Post Next Post