Header Ads


प्यूठान : प्युठानमा बिहिबार सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना शुक्रवार साझ साढे ४ बजेबाट सुरु भएको छ । राजनीतिक दल र उम्मेद्वारबीच मतगणना कार्यलाई व्यवस्थित गर्न २१ बुँदे सहमती भएपछि मतगणना कार्य सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाका अलग–अलग टिम बनाएर मतगणना कार्य थालिएको छ । मतगणनास्थलमा तारजाली लगाइएको छ । दलका प्रतिनिधिलाई तारजाली बाहिर बस्ने व्यवस्था मिलाइएको छ । दलका प्रतिनिधिले मतपत्र छुन पाउने छैनन् ।
जिल्ला समन्वय समितिको तेस्रो तलामा प्रदेशसभा (क) र (ख) को मतगणना भइरहेको छ भने प्रतिनिधि सभाको समन्वय समितीको एक कोठामा भइरहेको छ ।मतगणना कार्यलाई व्यवस्थित बनाउन सुरक्षा व्यवस्था कडा पारिएको प्रजिअ डा। कृष्ण बहादुर घिमिरेले बताए ।उनले दुई दिनभित्र प्रतिनिधीसभाको नतिजा सार्बजनिक गर्ने तयारि रहेको बताए।
राजनीतिक दलका प्रतिनिधिलाई मतपत्र छुन नदिने गरी मतगणनाको व्यवस्था गरिएको छ । मतगणना गर्ने कर्मचारीको टोली तारजालीभित्र मतगणना गरिरहेका छन् भने दलका प्रतिनिधिले तारजाली बाहिरै रहेर मतगणना कार्यमा सहभागी भइरहेका छन् ।

मतगणनाका लागि ४–४ जनाको तीनओटा टोली खटिएको छ । टोली समय अनुसार परिवर्तन हुनेछन् भने रातदिन मतगणना कार्य निरन्तर जारी रहनेछ। मतगणना गर्दा एकपटकमा कम्तिमा दुई मटपेटिकाको मत एकै ठाउँमा खन्याएर गणना गर्ने सहमति अनुसार मतगणना भइरहेको छ । कुल १ लाख ३८ हजार ६ सय ४१ मतदाता रहेको प्युठानमा ९० हजार ५ सय ४० मत खसेको छ ।
मतगणना चलिरहँदा मतगणनास्थल बाहिर मानिसहरुको चहलपहल बढेको छ । मतपरिणामका बारेमा उत्सुक रहेका मतदाता, राजनीतिक दलका नेता कार्यकर्ताको मतगणनास्थल बाहिर चहलपहल बढेको हो ।

Post a Comment

Previous Post Next Post