Header Ads

स्वर्गद्वारी अनलाइन असार १५ । स्वर्गद्वारी नगरपालिका वडा नम्वर १ कोचिवाङमा माओवादी केन्द्र र जनमोर्चाको गठबन्धनको सयुक्त प्यानल विजयी भएको छ ।
वडा अध्यक्षमा मेघराज घर्ती ६ सय २६ मत ल्याएर विजयी हुनुभएको छ । घर्तीका निकटतम प्रतिस्पर्धी एमालेका कुल बहादुर पुनले ४ सय २९ मत पाउनुभयो । मेघराज घर्ती र कुल बहादुर पुन बीच १९७ मतको अन्तर परेको छ ।
त्यस्तै, खुल्ला सदस्यमा घनश्याम पुन मगर (६१८), नारायण पुन (५९६), महिला सदस्यमा तुलसा पुन मगर (६२१) र दलित सदस्यमा दिलसरी वि.क(६३०) मत लिएर विजयी हुनुभएको छ ।
१३सय ३५ मत खसेको उक्त वडामा मेयर मा १ सय उपमेयरमा ३५ वडा अध्यक्षमा २७ महिला सदस्यमा २६ दलित सदस्यमा २७ पहिलो सदस्यमा ३७ र दोस्रो सदस्यमा ४३ मत बदर भएको छ ।
साथै निर्वाचन कार्यालयले विजयीको औपचारिक घोषणा गर्न तयारी गरिरहेको निर्वाचन अधिकृत दण्डपाणी लामिछानेले जानकारी दिनुभएको छ । भने वडा नं २ खालको मत गणना जारी रहेको छ ।

Post a Comment

Previous Post Next Post