ती घर्ती मगर, असार १५ प्युठान । प्यूठानको मल्लरानी गाउँपालिका वडा नम्वर १ मा राष्ट्रिय जनमोर्चाको प्यानलै विजयी भएको छ । वडा अध्यक्षमा स्थानीय ठूलाचौर निवासी ५५ वर्षीय चिन्ता बहादुर राहुँ मगर २ सय ७५ ल्याएर विजयी हुनुभएको छ । राहुँको निकटतम प्रतिस्पर्धी एमालेका पोम बहादुर नेपालीले २ सय ४६ मत पाउनुभयो । राहुँ र नेपालीबीच २९ मतको अन्तर परेको छ ।
त्यस्तै, खुल्ला सदस्यमा कमल पौडेल(२६१), सूर्य नेपाली(२४६), महिला सदस्यमा देवकला पुन(२६१) र दलित सदस्यमा मनकला वि.क(२६३) विजयी हुनुभएको छ । पाँच वडा मिलेर बनेको मल्लरानी गाउँपालिकामा अन्य वडाको मतगणना जारी रहेको छ । विजयीको औपचारिक घोषणा सबै मतगणना सकिएपछि गरिने मुख्य निर्वाचन अधिकृत न्यौपानेले जानकारी दिनुभएको छ । जिल्लाका ९ वटै स्थानीय तहमा मतगणना जारी रहेको छ ।
१ हजार ४ सय ४४ मतदातामध्ये उक्त वडामा ९ सय ७५ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधिश बासुदेव न्यौपानेले जानकारी दिनुभयो ।
स्मृती घर्ती मगर, असार १५ प्युठान प्यूठानको मल्लरानी गाउँपालिका वडा नम्वर १ मा राष्ट्रिय जनमोर्चाको प्यानलै विजयी भएको छ । वडा अध्यक्षमा स्थानीय ठूलाचौर निवासी ५५ वर्षीय चिन्ता बहादुर राहुँ मगर २ सय ७५ ल्याएर विजयी हुनुभएको छ । राहुँको निकटतम प्रतिस्पर्धी एमालेका पोम बहादुर नेपालीले २ सय ४६ मत पाउनुभयो । राहुँ र नेपालीबीच २९ मतको अन्तर परेको छ ।
त्यस्तै, खुल्ला सदस्यमा कमल पौडेल९२६१०, सूर्य नेपाली९२४६०, महिला सदस्यमा देवकला पुन९२६१० र दलित सदस्यमा मनकला वि।क९२६३० विजयी हुनुभएको छ । पाँच वडा मिलेर बनेको मल्लरानी गाउँपालिकामा अन्य वडाको मतगणना जारी रहेको छ । विजयीको औपचारिक घोषणा सबै मतगणना सकिएपछि गरिने मुख्य निर्वाचन अधिकृत न्यौपानेले जानकारी दिनुभएको छ । जिल्लाका ९ वटै स्थानीय तहमा मतगणना जारी रहेको छ ।
१ हजार ४ सय ४४ मतदातामध्ये उक्त वडामा ९ सय ७५ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधिश बासुदेव न्यौपानेले जानकारी दिनुभयो ।
मल्लरानी गाउँपालिका वडा नं १ मा राजमोको प्यानलै विजयी
Swargadwari Online
0
Comments
Post a Comment