काठमाडौं, ११ माघ । नेपाल प्रहरीले भारतसँग सीमा जोडिएका तराईका १६ जिल्लामा सुरक्षा घेरा फराकिलो बनाउने भएको छ । भारतीय सीमा सुरक्षा बल नेपालको सीमा नजिक नजिक आउन थालेपछि नेपाल प्रहरीले पनि आफ्नो सुरक्षा घेरा बढाउन लागेको स्रोतले बतायो । भारतीय सीमा सुरक्षा बलका जवानहरू भारतीय अपराधीहरू सहजै नेपाल प्रवेश गर्ने गरेको ठहरसहित नेपालका सीमा नजिक आउन थालेका छन् । भारतीय अपराधी खोज्न भन्दै नेपालभित्र पसेर उनीहरूले नेपाली नागरिकलाई कुटपिट गर्ने, विभिन्न बहानामा दुःख दिने गर्दै आएका छन् ।
नेपाल प्रहरीको स्पेसल राजनीतिक ब्युरोको सूचनाका आधारमा प्रहरी प्रधान कार्यालयले तराई १६ जिल्लामा पेट्रोलिङ र गस्ती बढाउने भएको हो । प्रहरीले प्रदेश नम्बर २ का आठ, बाँके, बर्दिया, कैलालीलगायत भारतसँग सीमा जोडिएका सबै जिल्लामा सुरक्षा घेरा बढाउन लागेको हो । प्रहरीले गाडीविनै पेट्रोलिङ गर्ने भएको छ ।
नेपालबाट सुरक्षा खतरा नभई भारतबाटै अपराधीहरू नेपाल पस्ने गरेकाले भारतीय सीमा सुरक्षा बलका जवान गस्ती गर्ने क्रममा नेपालको सीमासम्म आउने गरेका छन् । अन्तर्राष्ट्रिय नियमअनुसार कुनै पनि देशको सुरक्षाकर्र्मी अनुमतिविना अर्को देशको सीमामा बस्न पाउँदैनन् । गस्ती गर्न पाउँदैनन् । दसगजा (नो म्यान्स ल्यान्ड) वारि–पारि नै बस्नुपर्ने हुन्छ ।
तर, भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानहरू नेपालभित्रै पसेर नेपालीलाई दुःख दिने गरेका छन् । यस्ता घटना भारतसँग सीमा जोडिएका १६ वटा जिल्लामा मात्र घटेकाले ती जिल्लामा सुरक्षा घेरा फराकिलो बनाउने तयारीमा नेपाल प्रहरी लागेको स्रोतले बतायो ।
भारतसँग जोडिएका १६ जिल्लामा सुरक्षा घेरा फराकिलो बनाउँदै नेपाल प्रहरी, यस्तो रहेछ कारण
aaasss
0
Comments
Tags
News

Post a Comment