Header Ads

काठमाडौं– विद्युत चोरी गरेर लोडसेडिङ गराउँदै आएका एक दर्जन कर्मचारी पक्राउ परेपछि नेपाल विद्युत प्राधिकरणले अब २५ सय कर्मचारी सरुवा गर्ने तयारी थालेको छ ।
सामान्यतया दुई बर्षमा सरुवा गर्नुपर्ने ब्यवस्था भएपनि एउटै शाखामा बर्षौ बसेका कर्मचारीले विद्युत चुहावट गरेर प्राधिरणलाई अरबौं नोक्सानी गराएको खुलेसँगै प्राधिकरणले एकैपटक ठुलो संख्यामा कर्मचारी सरुवाको तयारी थालेको हो ।
‘कर्मचारी सरुवाको सवालमा पहिल्यैदेखि समस्या थियो’ प्राधिकरणका उप–कार्यकारी निर्देशक गोपालबावु भट्टराईले भने, ‘कर्मचारी सरुवा गर्नेबारे हिजो (सोमबार) देखि छलफल शुरु भएको छ, टुंगिएको छैन ।’
गत आईतबार प्रहरीले विद्युत चुहावट गरेर कमिशन खाँदै आएको आरोपमा सुपरभाईजर सहित प्राधिकरणका एक दर्जन कर्मचारीलाई नियन्त्रणमा लिएर कारावाही अगाडि बढाएको छ ।
प्राधिकरण स्रोतका अनुसार पाँच बर्ष अवधि पुगेका देशभरका कर्मचारीलाई सरुवाको लिस्टमा राखिएको छ ।
आगामी फागुन १८ गते ट्रेड युनियनको चुनाव तोकिएको छ ।
प्राधिकरणले एकैपटक ठुलो संख्यामा गर्न लागेको कर्मचारी सरुवालाई आफ्नो संगठनले स्वागत गर्ने माओवादी केन्द्र निकट कर्मचारी संगठनका अध्यक्ष खगेन्द्र शाहीले जानकारी दिए ।
उनले भने, ‘अहिले कुनै पनि संगठनलाई नसोधी कर्मचारी सरुवा गर्न लागेको बुझिएको छ, हामी प्राधिकरणको यो कदमको स्वागत गर्छौं ।’

Post a Comment

Previous Post Next Post