Header Ads

पहिलो पटक युट्युबमा १ करोडको आँकडा पार गरेर कीर्तिमान बनाएको 'सुर्के थैली'लाई पछ्याउँदै यस वर्ष रिलिज भएको सर्वाधिक कमाइ गर्न सफल फिल्म '६क्का पञ्जा'को 'पूर्व पश्चिम रेल'ले पनि १ करोडको आँकडा पार गर्न सफल भएको छ।
गीतलाई यो बिन्दु सात महिनामा पार गरेको हो। ‘वडा नम्बर ६’को ‘सुर्के थैली’ बोलको गीतलाई हालसम्म डेढ करोड पटक युटुबमा हेरिसकिएको छ।
गीतलाई यो समाचार तयार पार्दासम्म १ करोड ३७ हजार पटक युटुबमा हेरिसकिएको छ। यी दुवै गीतका संगीतका राजन शिवाकोटी हुन् भने फिल्मका निर्माता पनि एउटै हुन्। शुक्रबार '६क्का पञ्जा'ले रिलिजको छोटो समयमा ५० लाख भ्यूको आँकाडा पार गर्ने पहिलो नेपाली फिल्मको रेकर्ड बनाइसकेको छ।

Post a Comment

Previous Post Next Post