सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका भूकम्प पीडित बस्तीलाई लक्षित गरि स्लिपिङ ब्याग वितरण गरिएको छ । भूकम्पपछि टहरोमा बस्दै आएका घरपरिवारका भूकम्पपीडितलाई चिसोबाट बचाउन १० हजार भन्दा बढि थान स्लिपिङ ब्याग वितरण गरिएको हो ।
लायन्स क्लब अफ ईन्टरनेशनलले सिन्धुपाल्चोकको ४ गाविसलाई केन्द्रित गरि १ घर १ स्लिपिङ ब्याग वितरण गरेको हो । जसमा माखा, फुलपिङडाँडा, पुलपिङकोट, जलविरे गाविस रहेका छन् । साथै क्लबले गाविसका बृद्धबृद्धा र अपाङ्ग ब्यक्तिहरुलाई छुट्टै स्लिपिङ ब्याग वितरण गरिएको थियो । चिसोका कारण टहरामा बसेका भूकम्पपीडितहरु दिनरात कटाउन मुस्किल पर्ने भएकाले स्लिपिङ ब्याग वितरण गरिएको क्लबका अध्यक्ष सुनिल श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष श्रेष्ठले भूकम्पले भत्किएका विद्यालयहरुको पुनर्निमाणको काम पनि अन्तिम चरणमा पुगेको बताउनुभयो । क्लबले यसभन्दा अघि पनि सिन्धुपाल्चोकमा भूकम्प पीडितका लागि धेरै सहयोगहरु गर्दै आएको छ ।
Tags
News

Post a Comment