चितवन, ११ माघ । रक्षामन्त्री बालकृष्ण खाँणले नेपाली सेना आफ्नै कमान्डमा शान्ति सेनामा जाने बताएका छन् ।
नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाली सेनाले राष्ट्रियता, अखण्डता र एकताका लागि गरेको बलिदान महत्वपूर्ण भएको बताउँदै सेना आफ्नै झन्डामा शान्ति स्थापनाका लागि खटिने स्पष्ट गरे ।
उनले भने, ‘पाँच नं प्रदेशका जनताले पहाड, मधेस र तराई अलग गर्न नहुने माग राख्नु जायज हो, यसलाई पनि सम्बोधन हुने गरी संविधान संशोधन प्रस्ताव पारित हुने छ।’ रासस
Tags
Main

Post a Comment