Header Ads

काठमाडौं, ११ माघ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले एक हप्ताभित्र चुनावको मिति घोषणा गर्ने तयारीमा सरकार जुटेको बताए ।

बेलायतको लण्डन सहरका लर्ड मेयर एन्ड्रयु पार्मसँग अर्थ मन्त्रालयमा भएको शिष्टाचार भेटमा महराले सरकारले एकसाता भित्र निर्वाचनको मिति घोषणा गर्ने बताएका हुन् ।

नेपाल संक्रमणकालको अन्त्य गर्ने दिशामा अघि बढेको उनको भनाई थियो । एक वर्षभित्र तीन तहको चुनाव गराउने तयारीमा सरकार जुटेको उनले बताइ ।

बेलायत र नेपालबीचको लामो आत्मीय सम्बन्धलाई अझ प्रगाढ पार्न नेपाल सरकार प्रतिबद्ध रहेको बताउँदै मन्त्री महराले बेलायत सरकारका तर्फबाट हुँदै आएको सहयोगको लागि धन्यवाद ज्ञापन गरे।

Post a Comment

Previous Post Next Post