११ माघ, काठमाडौं । रक्षा मन्त्री बालकृष्ण खाँणले नेपाली सेना आफ्नै कमाण्डमा शान्ति सेनामा जाने ऐतिहासिक परम्परालाई कायमै राखिने बताएका छन् ।
मन्त्री खाँणले नेपाली सेनाको संयुक्त राष्ट्र संघमा आफ्नै शान र मान रहेको बताए ।
चितवनस्थित भरतपुर विमानस्थलमा स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खाँणले मुलुकको राष्ट्रियता, अखण्डता र एकताका लागि नेपाली सेनाले गरेको बलिदान सबैका लागि अनुकरणीय रहेको बताए ।
उनले अघि भने, ‘संयुक्त राष्ट्रसंघको मिसनमा नेपाली सेना हिजो पनि नेपालको झण्डा लिएर गएको हो । भोलि पनि नेपालकै झण्डा लिएर जान्छ ।’
कांग्रेस नेता समेत रहेका मन्त्री खाँणले अब छिट्टै निर्वाचनको मिति घोषणा हुने पनि बताए । निर्वाचन गराउने प्रयोजनका लागि सरकार गठन भएको उल्लेख गर्दै उनले तत्काल निर्वाचनको मिति घोषणा गर्ने तयारी भइरहेको बताए ।
Tags
Main

Post a Comment