बलिउड निर्देशक तथा निर्माता करण जोहरको हालै प्रकाशित आत्मकथा 'एन अनसुइटेबल ब्वाई'ले उनको बलिउड स्टारसँगको सम्बन्धका बारेमा थुप्रै नयाँ तथ्यहरू सतहमा ल्याइदिएको छ। किताबमा उनले कसरी बलिउड स्टारहरूसँगको घनिष्ट सम्बन्ध कटुतामा पुग्यो भनेर खुलासा गरेका छन्।
करणले किताबमा अभिनेत्री करिना कपुरसँगको सम्बन्धमा आएको फाटोलाई पनि किताबमा उल्लेख गरेका छन्। किताबका अनुसार हाल उनीहरूको सम्बन्ध सामान्य भएपनि एकसमय बोलचालसमेत बन्द भएको लेखेका छन्। उनीहरूको बोलचाल करिब १ वर्षसम्म बन्द रहेको थियो।
उनीहरूमा यस्तो हुनुमा करिनाले फिल्मका लागि करणसँग माग गरेको रकम थियो। करणले लेखेका छन्, 'उसले जब धेरै पैसा मागिन, हामीबिच केही मतभेद भए।' उनीहरू बिच यस्तो 'कल हो नाहो' फिल्मताका भएको हो। फिल्मका लागि करणको पहिलो रोजाइ प्रिति जिन्टा नभइ करिना थिइन्।
त।यतिबेला करिनाले शाहरूख सरह पारिश्रमिक माग गरेकी थिइन्। किताबमा सो रकम कति थियो भन्ने बारेमा भने केही खुलाइएको छैन्। पैसामा विवाद भएपछि करनले करिनलाई फिल्ममा लिएनन्। उनो सट्टा प्रीति फिल्ममा अनुबन्धित भइन्।
Tags
Entertainment
Post a Comment