संयुक्त राष्ट्रसंघ, ११ माघ । को मोसुलबाट हालसम्म एक लाख एकसठ्ठी हजार भन्दा धेरै व्यक्ति आन्तरिक रुपमा विस्थापित भएका छन् ।
मोसुलमा भईरहेको लडाईका कारण उनीहरु विस्थापित भएका संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजर्रीकले सोमबार जानकारी दिए ।
विस्थापितहरुलाई मानतावादी संस्थाहरुले राहत स्वरुप खाना, पानी र शरिरको सफाई सम्वन्धी सामग्रीहरु वितरण गरेका छन् ।
विस्थापित भएका झण्डै चार हजार पाँच सय जनालाई आइतबार ती राहत सामग्रीहरु वितरण गरिएको स्टेफनले बताए । पछिल्लो हप्ता मात्रै पूर्वीमोसुलमा बस्दै आएका झण्डै ५६ हजार एक सय जनालाई राष्ट्रसंघका साझेदारहरुले सहयोग सामग्रीहरु बाडेका थिए ।
इराकको सुरक्षा बलले मोसुलबाट इस्लामिक स्टेट (आईएस)लाई हटाउनका लागि कडा प्रयास गरिरहेको छ । मोसुलको पुर्वी क्षेत्र सन् २०१४ को जुनदेखि आईएसको नियन्त्रणमा रहेको छ ।
मोसुल ईराकको राजधानी बगदाददेखि चार सय किलोमिटर टाढा पर्दछ । रासस\सिन्ह्वा
Tags
International

Post a Comment