Header Ads

*राजधानीमा विभिन्न समयमा नक्कली एटिएम कार्डबाट अनधिकृत रूपमा सर्वसाधारणको लाखौ रकम निकाल्ने समाचार सार्वजनिक भइरहेका छन्।
*पछिल्लो समयमा बिगत १ महिना अघिदेखि उपत्यकाका बिभिन्न बैंकहरुका कामलादी, माछापोखरी, भोटाहीटी, महाराजगञ्ज, अनामनगर लगायतका करिब १ दर्जन ATM बुथहरुबाट आफूले ननिकालेको रकम अनाधिकृत रुपबाट अरु कसैले निकाली ठगी गरेको भन्दै कारबाहीका लागि प्रहरीमा उजुरी परेको थियो। प्रहरीले आइतबार दुई भारतीयलाई पक्राउ गरी कारबाहीका लागि सिफारिस गरेको छ।
*एटिएम कार्डबाट हुने ठगीबाट यसरी बच्न सकिन्छ।
*ATM बुथबाट रकम निकाल्दा वरपर कतै अस्वभाविक उपकरणहरु वा Genuine Parts बाहेकका उपकरणहरु जडान भए-नभएको यकिन गरेर मात्रै Card Insert गरी PIN Entry गर्ने।
*तपाईले ATM बुथबाट कारोबार गर्ने क्रममा तपाईँले सही PIN Entry गर्नुभएको छ र तपाईको खातामा पर्याप्त Balance पनि छ तर पनि Machine बाट रकम निस्कदैन भने तपाईले नक्कली Card *slot मा आफ्नो कार्ड प्रवेश गराउनुभएको हुन सक्दछ । यदि तपाईले आफ्नो card नक्कली Card slot मा प्रवेश गराएको थाहा पाउनुभयो भने तत्काल अर्को ATM बुथमा गई PIN परिवर्तन गर्ने ।
*PIN Entry गर्ने क्रममा कोही कसैले देखे-नदेखेको यकिन गरेर मात्र कार्ड insert गरी PIN entry गर्ने ।
*हातले छोपेर सुरक्षित तवरले PIN Entry गर्ने ।
*बैंकबाट SMS Alert सुविधा लिने ।
*आफ्नो ATM Card सकभर कसैलाई प्रयोग गर्न नदिने, कसैलाई नदेखाउने तथा PIN कसैलाई Share नगर्ने ।
*ATM बाट रकम निकाल्दा अन्य व्यक्ति प्रवेश गर्न नदिने ।
*ATM बाट रकम निक्लेपछी Cancel Bottom दबाएर मात्र बाहिर निस्कने।

Post a Comment

Previous Post Next Post