विवश कुलुङ ।
सोलुखुम्बु, माघ १२ – सोलुखुम्बुको पावै–६ का काजीबहादुर गिरीले ७६ वर्षको उमेरमा कक्षा १२ उत्तीर्ण गर्नुभएको छ । सानोमा पढ्न नपाएका गिरीले आफ्ना छोराछोरीसँग पनि पढ्न पाउनु भएन ।
छोराले घर सम्हाल्न थालेपछि नातिसँगै विद्यालय जान थाल्नु भएका गिरीले ७६ वर्षको उमेरमा कक्षा १२ उत्तीर्ण गर्नु भएको हो ।
गिरी भन्नुुहुन्छ ‘मैले जागिरका लागि पढेको होइन, सानोमा पढ्न नपाएकोले पढेको हुँ । अझैपनि पढाइलाई निरन्तरता दिने सोचमा छु ।’
बृद्धावस्थामा पढेर युवाहरुलाई उत्साह दिनको लागि बृद्धभत्ताबापत पाएको रकम पढाइमा खर्च गरेको गिरीले बताउनुभयो । सोताङ बहुमुखी क्याम्पसबाट कक्षा १२ उत्तीर्ण गर्न सफल हुनुभएका गिरीले स्नातक तह पढ्ने तयारी रहेको बताउनुभयो ।

Post a Comment