Header Ads

काठमाडौं । नेपाली बजारमा पछिल्लो समय सुन तस्करीले निर्कै चर्चा पाएको छ । सुन चाँदी ब्यवसायीहरुले सुन तस्करी बढ्नुमा बैकहरु पनि जिम्मेवार रहेको बताएका छन ।
नेपाल सुन चाँदी ब्यवसायी महासघका पुर्व अध्यक्ष तेजरत्न शाक्यले बैकहरुले पारदर्शी ढङबाट सुनको बितरण नगरेको कारण बजारमा तस्करीको सुन आएको बताउनु भएको छ । त्रिभुवन बिमानस्थलबाट पछिल्लो समयमा ठुलो परिमाणमा सुनको गिरोह पक्राउ परेको थियो । नेपालमा बढेको सुन तस्करीको बिषयमा अन्तराष्ट्रिय सस्थाको समेत गम्भीर बनेको छन । तर प्रहरीले सुनको बास्तविक तस्करीलाई पक्राउ गर्न सकेको छैन । बाणिज्य बैकहरुले ब्यवसायीहरुले आवश्यकता अनुसारको सुन उपलब्ध नगराएको कारण बजारमा तस्करीको सुन प्रयोगमा आएको महासघका पुर्व अध्यक्ष शाक्यले बताउनु भयो ।
भारतसँगको खुला सिमानाको कारणले गर्दा पनि उत्तरी नाकाहरुबाट तस्करी भएको सुन नेपाल हुदै भारत पुग्ने गरेको खुलासा ब्यवसायीहरुले गरेका छन् । नेपाल राष्ट्र बैकले बिभिन्न बाणिज्य बैकहरु मार्फत दैनिक १५ केजी सुन उपलब्ध गराउने गरेको छ । तर सुन चाँदी ब्यवसायीहरुले माग अनुरुपको सुन उपलब्ध नगराएको कारण तस्करीको सुन बजारमा आएको ब्यवसायीहरुको जिकिर रहेको छ । नेपाल सुन चाँदी ब्यवसायी महासघका पुर्व अध्यक्ष तेजरत्न शाक्यले तस्करीको सुनमा अदृश्य शक्ति लागेको हुदाँ सरकार गम्भीर हुनु पर्ने बताउनु भयो ।
पछिल्लो समय काठमाडौ बिमानस्थलमा तस्करीको गिरोह सकृय भएको हुदाँ तस्करीलाई रोक्न बिमानस्थलका कर्मचारी, सुरक्षाकर्मी र एयरपोर्ट प्रशासन गम्भीर हुनु पर्ने देखिन्छ ।

Post a Comment

Previous Post Next Post