काठमाडौं, १२ माघ । गएको सोमबार चलचित्र ‘रइस’को प्रमोसनको लागि बलिउड अभिनेता शाहरुख खानले ट्रेनमा यात्रा गरेका छन् ।
उनी जुन–जुन स्टेसनमा पुग्थे त्यहाँ उनी ट्रेनबाट उत्रिएका थिए । उनलई हेर्न लाखौँ फ्यानहरुको स्टेसनका भीड लागेको थियो । यसैक्रममा एक जनाको ज्यान पनि गयो ।
शाहरुख र सन्नी लियोनीसाथमा ट्रेन यात्रा गर्दा शाहरुखले आफूले महिलाबाट झापड आएको खुलासा गरेका छन । उनले भनेका छन् ‘कुनै समय मुम्बई जाने क्रममा साथीहरु थिए । हामीहरुले आफ्नो सिट रिजर्भ गरेको थियौँ । तर हामीलाई थाहा थिएन की मुम्बईमा ट्रेनको प्रवेश हुने बित्तिकै लोकल ट्रेन बन्छ । मुम्बई आएपछि हाम्रो सिटमा मान्छेहरु बस्न थाले । हामीले बच्चा देखेर सिटबाट उठाउन थाल्यौँ । सोही क्रममा मैले मेरो सिट भनेपछि एकजना आन्टीले मलाई एक झापड हान्नुभयो ।’
शाहरुख र सन्नी कलाकार बनिसकेपछि पहिलोपल्ट ट्रेनमा यात्रा गरेका हुन् ।
Tags
Entertainment

Post a Comment