अमेरिकाका ४५ औं राष्ट्रपति डोनाल्ड जोन ट्रम्पले शुक्रबार साँझ सपथ ग्रहण गरेको भिडियो संसारभरबाट करिब तीन करोड ९ लाख मानिसले प्रत्यक्ष हेरेका छन्।
ग्लोबल इन्फरमेसन कम्पनी, नाइल्सनले तयार पारेको रिर्पोटमा ट्रम्पको सपथ ग्रहणको प्रत्यक्ष प्रसारण ३ करोड ९ लाखले हेरेको तर यो सबैभन्दा धेरै हेरिएको सपथ ग्रहण समारोह नभएको उल्लेख गरिएको छ।
यद्यपी ट्रम्पका प्रेस सल्लाहकारले उनको सपथ ग्रहण समारोह अहिलेसम्मकै सबैभन्दा बढी हेरिएको दाबी गरेका छन्।
नाइल्सनले पूर्वराष्ट्रपति बाराक ओबामाले सन् २००९ मा पहिलो पटक सपथ लिँदा तीन करोड ७८ लाख मानिसले हेरेको बताएको छ। ओबामाको दोस्रो सपथ भने २ करोड ६ लाख मानिसले हेरेका थिए। अमेरिकाका विभिन्न टेलिभिजन च्यानलले राष्ट्रपतिको सपथ ग्रहण समारोहको प्रत्यक्ष प्रसारण गर्छन्।
रोनाल्ड रेगनले १९८१ मा सपथ ग्रहण गर्दाको प्रत्यक्ष प्रसारण ४ करोड १८ लाख मानिसले हेरेको रेकर्ड छ। यो नै अमेरिकी राष्ट्रपतिको सर्वाधिक हेरिएको सपथ ग्रहण समारोह हो।
सन् २०१६ को राष्ट्रपतीय निर्वाचनका क्रममा ट्रम्प र अर्की उम्मेद्वार हिलारी क्लिन्टनबीचको पहिलो प्रत्यक्ष बहस ८ करोड ४० लाखले हेरेको मानिन्छ।
Tags
International
Post a Comment