काठमाडौं / सामसुङ, नेपालले बजारमा ग्यालेक्सी जे सिरिजको जे टु एस सार्वजनिक गरेको छ । कम्पनीले जे सिरिज सबैभन्दा बढी बिक्री हुने सिरिज भएको भन्दै जे टू एसले नेपाली बजारमा नयाँ आयाम सिर्जना गर्ने दाबी गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको जे टु एस स्मार्टफोनमा ५ इन्चको स्क्रिन रहेको छ भने फोरजी सपोर्टसमेत गर्नेछ । कम्पनीले नेपाललगायतका एसियाली मुलुकहरूका लागि ल्याएको विशेष फिचर अल्ट्रा डाटा सेभिङ मोड यस स्मार्टफोनमा पनि राखिएको छ भने एस बाइक मोड फिचर पनि उपलब्ध रहेको छ । सामसङ ग्यालेक्सी जे टु एसमा टर्बो स्पिड टेक्नोलोजी प्रयोग गरिएको छ । जसले ¥यामको क्षमतालाई ४० प्रतिशत छिटो बनाउँछ । यसका साथै सामसङले सार्वजनिक गरेको यस स्मार्टफोनमा एस पावर प्लानिङ फिचर उपलब्ध गराएको छ । जुन स्मार्ट ब्याट्री म्यानेजमेन्ट सिस्टम हो, जसले हरेक समय युजरलाई कनेक्ट गर्न सहयोग पु¥याउँछ । त्यसैगरी, एस सेक्योरले सुरक्षित रूपमा इन्टरनेट चलाउन सहयोग गर्छ भने निजी गोपनीयतालाई सुरक्षित गर्छ ।
यसमा यूडीएस, एस बाइक, टीएसटी, एस पावर प्लानिङ र एस सेक्योर राखिएको छ । यसको मूल्य १३ हजार ९ सय ९० रुपैयाँ रहेको छ । ५ इन्चको स्क्रिन भएको स्मार्टफोन सेल्फी लिने र मनोरन्जन प्रेमीहरूका लागि अति उपयुक्त रहेको कम्पनीले बताएको छ । स्मार्टफोनमा ५ इन्चको क्यूएचडी डिस्प्ले राखिएको छ भने यसमा १ दशमलव ४ गिगाहर्जको क्वाड कोर प्रोसेसरद्वारा सञ्चालन हुनेछ । यसमा १ दशमलव ५ जीबीको टर्बो स्पिड टेक्नोलोजीसहितको ¥याम राखिएको छ । यसमा नकोरिने प्याटर्न ब्याक प्यानल रहेको छ, जुन आजैदेखि बजारमा उपलब्ध भएको कम्पनीले जानकारी दिएको छ ।
फोनमा फोटोका लागि ८ मेगापिक्सेलको फ्ल्याससहितको मुख्य क्यामरा तथा ५ मेगापिक्सेलको फ्ल्याससहितको फ्रन्ट क्यामरा राखिएको छ । ८ जीबीको आन्तरिक स्टोरेज रहेको फोनमा माइक्रो एसडी कार्डद्वारा २ सय ५६ जीबीसम्म पु¥याउन सकिन्छ ।

Post a Comment