Header Ads

संसारको सबैभन्दा महँगो घडीको मूल्य कति होला ? १० लाख २० लाख ? त्यतिले पुग्दैन । संसारको सबैभन्दा महँगो घडीको मूल्य २ अर्ब ८३ करोड ४० लाख रुपैयाँ छ । स्विट्जरल्यान्डको कोपार्ड नामक घडी कम्पनीले निर्माण गरेको उक्त घडीमा २ सय १ क्यारेटका रंगीन हीरा जडान गरिएको छ । झट्ट हेर्दा नाडीमा लगाइने बालाजस्तो देखिने यो घडीलाई समय हेर्ने साधनका रूपमा भन्दा गहनाका रूपमा मान्यता दिइएको छ ।

दोस्रो महँगो घडीका रूपमा प्याटेक फिलिपले निर्माण गरेको सुपर कम्प्लिकेसन नामक घडी रहेको छ । यो घडी स्विट्जरल्यान्डका बैंकर हेनरी ग्रेभ्स जुनियरले बनाउन लगाउन लगाएका थिए । १८ क्यारेट सुन प्रयोग गरेर सन् १९३३ मा बनाइएको यो घडी पकेट वाच हो । निर्माणपछि खासै मूल्य नभए पनि पछिल्लो लिलामीमा यो घडीले १ अर्ब १९ करोड ९० लाख रुपैयाँ प्राप्त गरेको थियो ।

Post a Comment

Previous Post Next Post