Header Ads

फिल्मः रईस

निर्देशकः राहुल ढोलकिया

अभिनेताः शाहरुख खान, नवाजुद्दीन सिद्दिकी, माहिरा खान, जीशान अयूब

शाहरुखका पछिल्ला दुई फिल्म ‘दिलवाले’ र ‘फ्यान’ बक्स अफिसमा धरासयी भएको थियो त्यसकारण उनको फिल्म ‘रईस’ बाट निर्माताहरुलाई धेरै आशा छ ।

रईस यी आशामा खरो पनि उत्रिएको छ थोरै थोरै किनभने फिल्ममा धेरै कमी पनि छन् ।

कहानीः

रईस कहानी हो गुजरातको एक रक्सी माफिया रईसको जो भारतको ‘ड्राई स्टेट’ गुजरातमा आफ्नो साम्राज्य बनाउँछन् र रक्सीको यो खेलको सबैभन्दा ठूलो व्यापारी बन्ने गर्दछन् ।

तर एक गल्तीले रईस यस्तो समस्यामा फस्दछन् जसले उनको ज्यान नै लिन्छ ।

फिल्मको कहानी यति मात्र छ र फिल्मका मुख्य पात्र रईस वरिपरि नै घुम्ने गर्दछ ।

रईसको भूमिका गुजरातका रक्सी माफिया अब्दुल लतिफको जीवनमा आधारित भएको बताईएको छ तर फिल्मको निर्माता कम्पनीले यो फिल्म कुनै पनि जीवित वा मृत्यु व्यक्तिसँग जोडिएको भन्ने कुरालाई अस्विकार गरेका छ ।

अभिनयः

फिल्मका मुख्य पात्र हुन् रईस अर्थात् शाहरुख खान जसले फिल्ममा मुख्य भूमिका मात्र ननिभाई फिल्मको निर्माता पनि बनेका छन् । शायद यसैल हुनसक्छ उनले आफ्नो भूमिकामा निकै मेहनत गरेको देखिन्छ ।

शाहरुख एक ‘एन्टी हिरो’ को भूमिकामा सुरुदेखि नै उत्कृष्ट देखिएका छन् चाहे त्यो ‘बाजिगर’, ‘डर’, ‘डन’ वा ‘रईस’ नै किन नहोस् ।

फिल्ममा शाहरुखकी नायिकाको रुपमा काम गर्ने पाकिस्तानी नायिका माहिरा खान निकै राम्री देखिएकी छिन् तर उनको अभिनयले कसैलाई पनि प्रभावित गर्न भने सकेन ।

पाकिस्तानी कलाकारको विषयमा भएको विवाद पछि माहिरालाई यो फिल्मको प्रचारबाट टाढै राखियो र निर्माता कम्पनीका अनुसार फिल्ममा उनको भूमिका पनि कम गरियो ।

फिल्ममा सानो तर निकै उत्कृष्ट भूमिका निभाएका छन् नवाजुद्दिन सिद्दिकीले । उनी जतिपटक र जति समयको लागि स्क्रिनमा आउँछन्, फिल्मलाई गती दिन्छन् ।


फिल्मको इडिटिङ पनि केही अचम्मको लाग्छ र शाहरुखबाहेक बाँकी सबै कलाकारको भूमिका सिद्धाउन हतारमा देखिन्छन् । सायद यो फिल्मलाई गती दिनका लागि गरिएको हो ।

तर गती दिने चक्करमा फिल्ममा केही छुटेजस्तो भान हुन्छ ।

एक्सनका दृश्यहरुमा राहुलले निकै राम्रो काम गरिरहेका छन् सायद यसै कारणले हुनसक्छ एक्सन दृश्यलाई अलि लामो समयसम्म छायांकन गरिएको छ ।

गीत संगीतः

फिल्मका संगीत पनि निकै औषत छन् । अरिजीत सिंह र हर्षदीप कौरले गाएको गीत ‘जालिमा….’ लाई छोडेर तपाईंलाई अन्य गीत सायदै मन पर्लान् ।

राम–सम्पतको संगीतमा ती कुराहरु छैनन् जुन धैरैजसो शाहरुखको फिल्ममा आकर्षणको केन्द्रबिन्दु रहेको हुन्छ ।

फिल्ममा सन्नी लियोनमाथि छायांकन गरिएको गीत ‘लैला ओ लैला’ वास्तवमा कुर्बानी फिल्मको गीत हो । त्यसकारण यो गीत राम्रो लाग्नुमा यसको श्रेय राम–सम्पतलाई दिन सकिन्न ।

यो फिल्म एक वर्ष पहिले बनेको थियो । सुरुमा ‘सुल्तान’ सँगै रिलिज हुने भनिएको यो फिल्म अब ऋतिक रोशनको ‘काबिल’ सँग रिलिज भएको छ ।

माहिरा खानको विषयमा भएको विवादपछि पनि फिल्मको रिलिजका लागि धेरै मेहनत गर्नुपरेको थियो । तर बलिउडको मसालाले बनाइएको यो फिल्म शाहरुखका प्रशंसकको लागि हो र यो उनीहरुलाई मनपर्नेछ ।

तर यदि तपाईंले यो फिल्मलाई एक ‘क्राइम थ्रीलर’ को रुपमा सोच्नुभएको छ भने तपाईंलाई यो फिल्म हेर्न मजा आउँदैन ।

रईसबाट मनोरञ्जन प्राप्त गर्न चाहुनुहुन्छ भने दिमाग घरमा छोडेर साहस साथमा लिएर जानुहोस् ।


Post a Comment

Previous Post Next Post