काठमाडौं -नेकपा माओवादीका महासचिव विप्लवले लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुख बनाउने तत्कालीन राजनीतिक नेतृत्वमाथि कारवाही गर्ने चेतावनी दिएका छन् ।
लोकमानलाई कालोमोसो दल्ने प्रयास गर्दा पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाभएपछि उनीहरुको सम्मानमा काठमाडौंमा भएको कार्यक्रममा विप्लवले यस्तो चेतावनी दिएका हुन् ।
कार्यक्रममा विप्लवले भने
पहिला–पहिला प्रचण्डले भ्रष्टचारीलाई कारवाही गर्न आदेश दिन्थे । अहिले यस्तो कारवाही गर्नेलाई जेल हाल्न थालेका छन् । उल्टो भएको छ ।
–कतिपय मानिसले लोकमानमाथि भएको कारवाहीलाई मरेको बाघको जुँगा उखलेको भनेर टिप्पणी गरेका छन् । त्यो गलत हो । लोकमानलाई पदमा लैजान पैसाको बिटो बुझ्नेहरु पनि कारवाहीमा पर्छन । त्यतिबेलाका राजनीतिक नेतृत्वमाथि पनि कारवाही गर्ने दिन आउँछ । त्यो कुनै कार्यलयमा होइन, रत्नपार्कमा ल्याएर गरिन्छ ।
–विद्यार्थी साथीहरुले जे गर्नुभयो । त्यो सह्रानीय काम छ । साहस र आट बटुलेकोमा धन्यवाद छ ।
कार्यक्रम थियो–
–०७३ पुस ७ मा सर्वोच्च अदालतको पेशी कक्षभित्रै निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि कालोमोसो दल्ने प्रयास भएको थियो । कालोमोसो दलेपछि अदालत परिसरबाटै पक्राउ परेका थिए अखिल क्रान्तिकारीमा आबद्ध प्रकाश शाही र चन्द्र बुढा ।
जसलाई प्रशासनले अवहेलना मु्द्दा लगाएर एक महिनाको जेल सजाय सुनायो । उनीहरु माघ ६ गते रिहा भए । उनीहरुकै सम्मानमा कार्यक्रम विप्लव माओवादी निटक विद्यार्थी संगठनले कार्यक्रम आयोजना गरेको थियो ।
लोकमान नियुक्ती गर्नेलाई रत्नपार्कमा लगेर कारवाही गर्ने विप्लवको चेतावनी
aaasss
0
Comments
Tags
News

Post a Comment