Header Ads

माघ १२, २०७३- काठमाडौंको कलंकी चोकमा बुधबार बिहान चिनियाँ क्रेन पल्टिँदा चालक घाइते भएका छन् ।

सडकमा काम गरिरहेका चिनियाँ कामदार र प्राविधिकहरुले ठुलठूला जेनेरेटर जस्ता सामान सार्न प्रयोग गरिएको क्रेन सडक किनारामा पल्टिएको ट्राफिक प्रहरीका इन्स्पेक्टर विमल थापाले जानकारी दिए । बिहान करिब ९ बजे पल्टिएको क्रेनका कारण सडक किनारामा रहेको टहराको हाेटल किचेको छ । ।

क्रेन अहिले नै उठाउन सक्ने अवस्था नरहेको इन्स्पेक्टर थापाले बताए । चिनियाँहरुले कलंकी चोकमा अन्डर ग्राउण्ड सडक निर्माण गर्दै आएका छन् ।

सडक विस्तारका कारण काठमाडौं उपत्यकाका सडकखण्डमा दुर्घटना र धुलोधूवाँले प्रदूषण बढाएको छ ।

Post a Comment

Previous Post Next Post