Header Ads

कहो ना प्यार हे, कभी खुशी कभी गम, लक्ष्य, कोइ मिल गया तथा कृष जस्ता फिल्मबाट आफूलाई प्रमाणित गरेका ऋतिकलाई 'गुजारिस' तथा 'मोहेनजो दारो' जस्ता फिल्मले वक्सअफिसमा निराश पारे।
उनको 'काबिल' फिल्म यसै साता रिलिज हुँदैछ। फिल्म रिलिज हुन केही दिन बाँकी रहँदा उनले आफू फिल्म क्षेत्रमा पैसा कमाउने उदेश्य वा सर्वोत्कृष्ट अभिनेता हुने लक्ष्य राखेर नआएको बताए

उनले विभिन्न खाले भूमिकाबाट आफूलाई चुनौती दिन रूचाउने गरेको बताउँदै भने, 'म यहाँ पैसा कमाउन आएको हैन्। पैसा फरक कुरा हो। म यहाँ संसारकै सर्वोत्कृष्ट अभिनेता बन्न पनि आएको होइन। म आफैमा खुशी हुन यहाँ आएको हुँ। यहाँ अभिनेताका रूपमा जीवन रमाउन मात्र आएको नभई एउटा बाबु, एउटा साथी र स्वयम व्यक्तिका रूपमा दुनियाँको हिस्सा समेत बन्न आएको हूँ।'
'काबिल' फिल्मले एक दृष्टिबिहिन जोडीको प्रेमकथा भन्छ। यसको साथमा फिल्मले एउटा मान्छे किन कोहीसँग बदला लिन बाध्य हुन्छ भन्ने कुरा देखाइनेछ। फिल्म २५ जनवरीमा रिलिज हुँदैछ।

Post a Comment

Previous Post Next Post