Header Ads

काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारको निःशुल्क बीमा सरकारद्वारा घोषणा हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजै पत्रकार सम्मेलनमार्फत कामदारको बीमा घोषणा गर्न लागेका हुन् ।
वैदेशिक रोगजारीका क्रममा घाइते वा मृत्यु भएमा कामदार वा उनका आश्रित परिवारले उक्त रकम पाउनेछन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बालुवाटारस्थित निवासमा अपराह्न ३ बजे आयोजित पत्रकार सम्मेलनमार्फत उक्त घोषणा गर्न लागेको जानकारी दिएका हुन् ।
आचार्यले खाडीसहित मुलुकमा जाने कामदारका लागि अबदेखि २० लाखसम्मको बीमा हुने जानकारी दिए ।

Post a Comment

Previous Post Next Post