काठमाडौं– विहिबार राती दश बजे महानगरीय प्रहरी कार्यालय रानिपोखरीबाट खटिएको प्रहरी टोली भक्तपुरको नगरकोट नगरपालिका–२ भत्केको पाटी पुगेको थियो ।
नगरकोट नगरपालिकाको भत्केको पाटीमा सञ्चालित रातो भाले रिसोर्टमा २० जना ब्यक्ति तास खेलिरहेका थिए । त्यही भीडमा भेटिईन् चितवन भण्डारा–८ घर भएकी एलिसा सेढाई ।
प्रहरीले एलिसालाई सोध्यो, ‘उमेर कति भयो ?’ उनले निर्धक्क जवाफ दिइन्, ‘१९ बर्ष !’
पढ्ने उमेरकी एलिसालाई जुवा खालमा भेटेपछी प्रहरी टोलि चकित भयो । महानगरीय प्रहरी कार्यालय रानिपोखरीले जुवा खालमा भेटिएका एलिसासहित २० जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट ७ लाख ५२ हजार ८ सय रुपैयाँ नगद तथा १६ थान कौडा बरामद गरिएको प्रहरीले जनाएको छ ।
जुवाखालबाट फक्राउ पर्नेहरुमा काभ्रे घर भएका हरि वाईवा, रिसोर्ट सञ्चालक कुमार खत्रि, रामेछापका राजकुमार लामा, सिन्धुपाल्चोकका रक्की सम्वा,लाक्पा तामाङ, भक्तपुरका देवेन्द्र दुलाल, कृष्ण प्रसाद गाईजु, काभ्रेका बहादुर के.सी, सुर्यविनायकका लक्ष्मण सुलुखु, कमलविनायक बस्ने सम्शेर श्रेष्ठ, रामप्रसाद सुवाल, मोहन कृष्ण शाही, जयराम अग्रवाल, रोशन सुवाल, काभ्रेका कुमार लामा, सागर लामिछाने, विनय तामाङ, नगरकोका कर्ण तामाङ, चितवनकी एलिसा सेडाई र भारत सिक्कीम घर भएकी कृष्टि मगर रहेकी छिन् ।
उनिहरुलाई जुवा ऐन अन्तर्गत कारवाही हुने प्रहरीले जनाएको छ ।
Tags
News

Post a Comment