Header Ads

काठमाडौं, पुस २८ गते उच्च अदालतमा ८० जना न्यायधीश नियुक्ति भएलगत्तै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डलाई फोन गरे ।
‘न्यायधीशमा मेरा लागि छुट्याएको कोटाको मान्छेको नाम त रहेनछ, कसरी गायब भयो रु, तपाईले भनेको मान्छे हुन्छ भन्ने अनि अहिले सिफारिस नगर्ने, यो कस्तो षड्यन्त्र हो रु’ काजीले फोनबाट प्रचण्डलाई झर्किदै सोधे ।
जवाफमा प्रचण्डले भने, ‘तपाईको मान्छे सिफारिस भएनछ रु ल म बुझ्छु, मैले त केही बुझेकै छैन’ टेलिफोनमा कुरा भएको केही समयमै काजी प्रचण्डको सरकारी निवास बालुवाटार पुगे ।
त्यहाँ ज्ञापनपत्र बुझाउन आएका एउटा टोलीलाई होल्डमा राख्दै काजीले प्रचण्डलाई आधा घण्टा र्‍याखर्‍याख्ती पारे ।
न्यायाधीश प्रकरणमा जे भयो अब छोड्दिनुस भनेर प्रचण्डले मुखबाट कुरा निकाल्न नपाउँदै काजीले फेरि सोधिहाले, ‘उसो भए अब अरु ठाउँमा मेरो मान्छेलाई नियुक्ति गर्नुपर्छ ।’
प्रचण्डले टाउको मात्रै हल्लाएर केही बोलेनन् । स्रोतका अनुसार काजीले प्रचण्ड प्रधानमन्त्री बनेलगत्तै अनेक चर्तिकला देखाउन थालेका छन् । उनले हरेक नियुक्तिका क्रममा भागबण्डा खोजेका छन् ।
भागबण्डा खोज्ने क्रमममा प्रचण्ड र काजीबीच बारम्बार झगडा समेत हुने गरेको बताइन्छ । खोजेको ठाउँमा भाग नदिइए पार्टी छाड्नेसम्मको चेतावनी समेत काजीले दिने गरेको बताइन्छ । जनप्रहार साप्ताहिकमा खबर छ ।

Post a Comment

Previous Post Next Post