क्रान्तिकारी पत्रकार संगठन जिल्ला समिती प्यूठानको आयोजनामा निःशुल्क आधारभूत पत्रकारिता तालिम प्यूठानको जुम्रीमा जारी रहेको छ।आफ्नो एेतिहासिक दोस्रो जिल्ला सम्मेलनको अवसरमा आयोजना गरिएको तालिममा ३० भन्दा बढी सहभागीहरूको सहभागीता रहेको छ ।
तालिमले जिल्लामा नयाँ पिढिका पत्रकारहरूको उत्पादन संगै जनपक्षीय पत्रकारिताको स्तरलाई माथि उठाउने अपेक्षा राखिएको संगठनका अध्यक्ष हरि भण्डारीले जानकारी दिनुभयो ।
तालिममको दोस्रो दिन सम्म आउदा सहभागीहरूलाई फिल्डमा नै खटाएर अत्यन्तै प्रयोगात्मक गरिएको र व्याभारिक तरिकाले तालिम दिइरहेको संगठनका सचिव यांक पुनले जानकारी दिनुभयो ।
साथै तालिममा उपस्थित संगीत भरत मगरले निशुल्क आवास सहितको तालिममा सभागि भएर केही कुरा सिक्न पाउँदा अत्यन्तै खुसी भएको बताउनु भयो ।
तालिमको दोस्रो दिन सम्म जिल्लामा क्रियाशील पत्रकारहरूले प्रशिक्षण दिनुभएको छ भने भोलि नेपाल पत्रकार महासंघ नेपालका पूर्व केन्द्रीय सचिव तथा संगठनका केन्द्रीय अध्यक्ष प्रभात चलाउने, पत्रकार सन्तोष कुमार गुप्ता लगाय जिल्लाका अन्य क्रियाशील पत्रकार सहितको टोलिको महत्त्वपूर्ण प्रशिक्षण पछि भव्य दोस्रो जिल्ला सम्मेलन गरिने क्रान्तिकारी पत्रकार संगठन प्यूठानले जनाएको छ ।

Post a Comment